प्रहरीको कारबाही रोकिदिन गृहलाई गुहार्दै म्यानपावर व्यावसायी

प्रहरीको कारबाही रोकिदिन गृहलाई गुहार्दै म्यानपावर व्यावसायी

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, २२ चैत ।

म्यानपावर व्यवसायीले आफुहरुमाथि प्रहरीले गर्ने गरेको कार्वाहि रोकिदन गृह मन्त्रालयसमक्ष आग्रह गरेका छन् । प्रहरीले म्यानपावर कार्यालयमा छापा मारेर सञ्चालक पक्राउ गरेको भन्दै उनीहरुले नेपाल बैदेशिक रोजगार व्यावसायी संघका प्रतिनिधिले यस्तो कार्य तत्काल बन्द गराईदिन आग्रह गरेका हुन् ।

गृह मन्त्रालयका शान्ती सुरक्षा शाखाका उपसचिव भविश्वर पाण्डेसँग आज भएको छलफलमा ब्यावसायीले प्रहरीले गर्ने कारवाही रोकिदिन व्यावसायीले आग्रह गरेका हुन् ।

प्रहरीले क्षेत्राधिकार नाघेर म्यानपावर व्यावसायीलाई हतोत्साहीत पार्ने गरि कारवाही थालेको भन्दै व्यवसायीले गुनासो गरेका थिए । तर गृहमन्त्रालयका प्रतिनिधी पाण्डेले प्रहरीले क्षेत्राधिकार ननाघेको दावी गर्दै यस विषयमा मन्त्रालयमा छलफल गर्ने जवाफ दिनु भएको छ ।

प्रहरीले आफ्नो अधिकार प्रयोग गरेर कारबाही गरेको भए हस्तक्षप गर्न नसकिने बताएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले जानकारी दिनुभयो ।
प्रहरीले म्यानपावरमा छापा मारेर १८ जना सञ्चालक पक्राउ गरेपछि व्यवसायी काम ठप्प पारेर छलफलमा लागेका छन् । तर व्यवसायीले आफूमाथिको कारबाही रोक्न र फ्रि भिसा फ्रि टिकटको निर्णयबाट पछि हट्न आग्रह गरेपछि छलफल निष्कर्षमा पुग्न सकेको छैन् ।

न्यूनतम लागतको निर्णयबाट पछि नहट्न सरकारलाई विभिन्न क्षेत्रबाट दवाव परेको छ भने, सरकार पनि सर्वसाधारणमाझ यो निर्णय लोकप्रिय भएकाले पछि नहट्ने अडानमा छ । सरकार र म्यानपावर व्यावसायीबिच मंगलबार फेरि छलफल हुँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी