महात्तरी,२१ चैत ।
महोत्तरीबाट भारतबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेको खाना पकाउने एलपी ग्याँसका सिलिन्डर प्रहरीले पक्राउ गरेको छ ।
मलिवारास्थित सशस्त्र प्रहरी बल राजस्व तथा भन्सार सुरक्षा गुल्मबाट खटिएको टोलीले समसी ५ स्थित दसगजा नजिकबाट २१ वटा सिलिण्डर नियंत्रणमा लिएको हो ।
वरामद भएका सबै सिलिन्डर भारतीय कम्पनीको रहेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार सशस्त्र गस्ति देखेपछि तस्कर भने सिलिन्डर छाडेर सीमापारी भागेका थिए ।
सिमावर्ती भारतबाट खाना पकाउने ग्याँसको अबैध व्यापार भईरहेको सुराकीका आधारमा सशस्त्र प्रहरी बलले सो क्षेत्रमा विशेष गस्ति परिचालन गरेको छ ।
सो सिलिन्डर मलिवारास्थित भन्सार कार्यालयको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline