काठमाडौं, चैत्र १८
नेप्से परिसूचक आज ७ दशमलव ५० अंकले ओरालो लागेको छ । आजको दिन शेयर बजार एक हजार तीन सय ५५ दशमलव ४८ अंकमा पुगेर बन्द भएको छ । बीमा समूहको परिसूचक आज सबैभन्दा बढी ९८ दशमलव ५९ अंकले ओरालो लागेको छ ।
त्यस्तै होटल समूह २५ दशमलव ४८, विकास बैंक १२, अन्य ४ दशमलव ७ र शेयर बजारमा बढी प्रभाव रहेको बैंक समूहको परिसूचक ४ दशमलव ५४ अंकले घटेको छ । त्यस्तै फाइनान्स समूहको परिसूचक २ दशमलव ५८ अंकले घटेको छ ।
यता उत्पादन र जलविद्युत समूहको परिसूचक भने क्रमशः २५ दशमलव ६९ र ८ दशमलव ८ अंकले उकालो लागेको छ ।
आज एक सय २७ कम्पनी कारोबारमा आएका थिए । ती कम्पनीको १० लाख कित्ता शेयरबाट ६३ करोड ७८ लाखको कारोबार भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline