उदयपुर, चैत्र १७ गते । उदयपुरको गाईघाट सदरमुकाम स्थित त्रियुगा तेस्रो पूर्वाञ्चल महोत्सब २०७३ आगामी बैशाष २४ गतेदेखि ३१ गतेसम्म शुरु हुने भएको छ ।
त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटले आज दिउसो चार बजे सन प्रालि होटल गाईघाटमा एक पत्रकार सम्मेलनको आयोजन गरि कार्यक्रमको सार्वजनिक गरिएको छ ।
एक महिना अघिबाट त्रियुगा महोत्सबको प्रचार प्रसार अभियानमा मूल आयोजक समिति आगि परेको छ ।
उदयपुरको चिनारीको लागि आयोजना गरिएको त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको अध्यक्ष गजेन्द« कुमार भगतले बिबिध कार्यक्रम महोत्सब आकर्षकको केन्द« बिन्दु रहने बताउनु भएको छ । जिल्लाको तीनदर्जन पत्रकारहरुलाई महोत्सबको प्रचार प्रसार गर्न पत्रकार सम्मेलनमा अध्यक्ष भगतले अनुरोध गर्नु भएको छ ।
बिगतको आयोजना गरेको त्रियुगा महोत्सब भन्दा फरक तरिकाले २०७३ सालको तेस्रो पूर्वाञ्चल महोत्सब हुने समेत कार्यक्रमा बताउनु भएको छ ।
उदयपुरको पर्याटन क्षेत्रलाई चिनाउने उदेश्यले ८ दिन महोत्सबमा हेली यात्रा गाईघाट,चौदण्डी गढी, रौता पोखरी,आन्तरिक तथा बाह्रय पर्याटकलाई भ्रमण गराईने भएको छ । त्यसैगरि हात्तीसवार ,उदयपुर सांगितिक आईडल (गायन र नृत्य)समेत भएको छ ।
ब्याबसायीकहरुलाई सि.ए र आ.ए.द्धारा लेखा तालिम संचालन गर्ने, स्वास्थ शिविर संचालन गर्ने,शैक्षिक सामाग्री प्रर्दशन गर्ने,कृषि औजार प्रदर्शन गर्ने,साना लघु उद्यमीहरको उत्पादनमा बिशेष जोड दिने र आदिबासी दनुवार डोने, नेवारी र थारु समुदायको टिपिकल स्वादिस्ट खाना परिकारको स्टल समेत राखिने आयोजक समितिले जनाएको छ ।