कृत्रिम डिलरहरू खडा गरी कालोबजारी भएपछि देशभर ग्याँस डिलर बन्द गर्दै

कृत्रिम डिलरहरू खडा गरी कालोबजारी भएपछि देशभर ग्याँस डिलर बन्द गर्दै

  • बुधबार, चैत्र १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, चैत्र १७
ग्याँस बिक्रेता महासंघले ग्याँस उद्योगहरूले कृत्रिम डिलरहरू खडा गरेर कालोबजारी गरेका कारण बजारमा ग्याँसको अभाव भएको दाबी गरेको छ । बिक्रेताहरूले उद्योगको बदमासीमा आधारित भएर आफूहरूलाई धरपकड नगर्न सरकारसँग माग गरेका छन् ।

महासंघले आज गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापन पत्र बुझाएर उद्योगहरूको बद्मासीका कारण उपभोक्ताहरूले अभाव झेल्नु परिरहेको भन्दै हचुवाका आधारमा ग्याँस बिक्रेताका गोदाममा छापा मारेर बिक्रेताहरूलाई आतंकित नतुल्याउन माग गरेको हो ।

प्रहरीले कतिपय बिक्रेताहरूलाई कालोबजारी गर्दै गरेको अवस्थामा पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएपछि महासंघको टोली आज गृहमन्त्रीलाई भेट्न पुगेको हो ।

महासंघले केही बिक्रेता कालोबजारीमा संलग्न रहे पनि अधिकांश बिक्रेताहरूले उद्योगहरूले उपलब्ध गराएका ग्याँस सहज रूपमा वितरण गरिरहेको दाबी गर्दै प्रहरीले छापा मार्ने र झूठा मुद्दा लगाउने क्रम नरोकिए देशभरका डिलर बन्द गर्ने चेतावनीसमेत दिएको छ ।

जवाफमा गृहमन्त्री शक्ति बस्नेतले निर्दोष बिक्रेतामाथि कुनै किसिमको कारबाही नहुनेमा निर्धक्क हुन बिक्रेताहरूलाई आग्रह गरेका छन् । देशभर हाल करिब १५ हजार ग्याँस डिलर रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी