हल्लाको पछाडि नलाग्न निगमको आग्रह

हल्लाको पछाडि नलाग्न निगमको आग्रह

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौँ, १५ चैत । नेपाल आयल निगमले हल्लाको पछाडि नलाग्न आग्रह गर्दै इन्धन आयातमा कुनै पनि समस्या नभएको जनाएको छ ।

पुनः इन्धन अभाव हुने भन्दै हल्ला फैलिएपछि राजधानीका विभिन्न पेट्रोल पम्पमा उपभोक्ताको लामो लाइन लागेपछि निगमले कुनै पनि हल्लाको पछाडि नलाग्न र आवश्यक संयमता अपनाउन आग्रह गरेको हो ।
निगमका प्रवक्ता मुकुन्द्र घिमिरेले भारतबाट मागअनुसार नै इन्धन आपूर्ति भइरहेको र कुनै पनि समस्या उत्पन्न नभएकाले अनावश्यक हल्लाको पछाडि लाग्नुको अर्थ नरहेको बताउनु भयो ।

“हामीले पर्याप्त मात्रामा पेट्रोल उपलब्ध गराएका छौँ, अनावश्यक हल्लाको पछाडि लाग्नु कुनै अर्थ छैन”– उहाँले भन्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी