रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.9K
    SHARES

काठमाडौँ, १५ चैत ।

पौराणिककालदेखि पवित्र तीर्थस्थलका रुपमा रहेको नेपालको रुरु क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पुरातत्व विभागले तीन महिनाभित्र आधार तय गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज आयोजित ‘रुरु निर्माण योजना तथा रुरु क्षेत्रको पर्यटकीय विकास’ विषयको अन्तरक्रियामा तीन महिनाभित्र आधार तय गर्ने जानकारी दिइएको हो ।

त्यस्तै, सो क्षेत्रको समग्र विकासका लागि अहिलेसम्म भएका योजनालाई अध्यावधिक गर्दै तीन महिनाभित्र गुरुयोजना निर्माण गरिने छ । रिडीमा स्नान घाट, सार्वजनिक शौचालय निर्माण गर्न, प्राथमिकीकरण गरेर मठ मन्दिर मर्मत गर्न र जग्गा अधिग्रहण गर्न आगामी आर्थिक वर्षमा बजेट छुट्याउने पहल गर्ने विषयमा छलफल भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालमा साहसिक पर्यटनको क्षेत्रमा राम्रो काम भइरहेको भएपनि धार्मिक पर्यटनको क्षेत्रमा गर्नुपर्ने जति काम हुन नसकेको बताउनुभयो ।

खासखास क्षेत्रको राम्रो प्रचार गर्नसकिए दुई÷चार वर्षमै २० लाख पर्यटक भित्र्याउन सकिने उहाँको भनाइ थियो ।

नेकपा (एमाले) का सचिव प्रदीपकुमार ज्ञवालीले रुरु र रेसुङ्गा दुवै पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएकाले गुरु योजना निर्माण गरी विकासका काम अघि बढाउन जरुरी छ भन्नुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले ओझेलमा परेका पर्यटकीय स्थलहरुको प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्व मुख्य सचिव लीलामणि पौडेलले पर्यटन मन्त्रालयले ऊर्जा मन्त्रालयसँग पहल गरेर रुरु तालको एक वर्षभित्र सम्भाव्यता अध्ययन गरिसक्नुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी