पुनःनिर्माण प्राधिकरणमा दरबन्दीको एक चौथाइ कर्मचारी मात्र कार्यरत

पुनःनिर्माण प्राधिकरणमा दरबन्दीको एक चौथाइ कर्मचारी मात्र कार्यरत

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौँ, १५ चैत ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा कर्मचारी जान नमानेपछि भूकम्पपीडितले पुनःनिर्माणका लागि सहयोग पाउन ढिला हुने भएको छ ।

प्राधिकरणमा स्वीकृत कर्मचारीको दरबन्दी २०८ भए पनि एक चौथाइमात्र कार्यरत रहेको प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “पीडितलाई स्थायी आवास निर्माणका लागि सहयोग गर्न सहज बनाउने उद्देश्यले सात स्थानमा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ । दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट, गोरखा र ललितपुरमा एक÷एक र काठमाडौँमा दुई वटा उपक्षेत्रीय कार्यालय स्थापना गर्ने निर्णय भएको छ ।”

दोलखा उपक्षेत्रीय कार्यालयले रामेछाप र ओखलढुङ्गा, काभ्रेपलाञ्चोक उपक्षेत्रीय कार्यालयले सिन्धुपाल्चोक र सिन्धुली, नुवाकोट उपक्षेत्रीय कार्यालयले रसुवा, गोरखा उपक्षेत्रीय कार्यालयले धादिङ, ललितपुर उपक्षेत्रीय कार्यालयले मकवानपुर एवम् काठमाडौँमै स्थापना हुने दुई वटा उपक्षेत्रीय कार्यालयले भूकम्पबाट प्रभावित ३१ जिल्ला हेर्ने गरी कार्यक्षेत्र तोकिएको छ ।

उपक्षेत्रीय कार्यालयको नेतृत्व सहसचिवले गर्ने निर्णय गरिए पनि कर्मचारी प्राधिकरणमा जान नमानेकाले दोलखामा उपसचिवलाई कार्यालय प्रमुख बनाएर पठाइएको प्रवक्ता थपलियाले बताउनुभयो । काभ्रे, नुवाकोट र गोरखामा भने शाखा अधिकृतलाई नै प्रमुख बनाएर पठाउन बाध्य हुनुपरेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणमा खटिने कर्मचारीलाई सेवा सुविधा कम हुने भएकाले सरुवा हुन नमानेका हुन् । एक उपक्षेत्रीय कार्यालयमा आठ जना कर्मचारी राखिने व्यवस्था गरिए पनि न्यून सङ्ख्याका कारण पूर्वाधार तयार गर्न भनी एक÷दुई कर्मचारी सुरुवाती चरणमै खटाइएका छन् ।

गत वैशाख १२, १३ र २९ गतेको भूकम्प एवम् पटक–पटकको परकम्पले देशभर आठ लाख घर भत्किएका थिए भने करिब नौ हजार व्यक्तिको ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी