नवलपरासीका किसानले कृषि परिचयपत्र पाउने

नवलपरासीका किसानले कृषि परिचयपत्र पाउने

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

नवलपरासी, १० चैत ।

जिल्ला कृषि विकास कार्यालय नवलपरासीले किसानलाई लक्षित गरी कृषि परिचयपत्र वितरण गर्ने भएको छ ।

परिचयपत्रबाट गरिब, विपन्न तथा भूमिहीन कृषि पेसा अँगालेका किसान लाभाविन्त हुने अपेक्षा गरिएको छ । परिचयपत्र पाएका किसानले आवश्यक पर्ने कृषि सामग्री तथा अन्य अनुदान सेवासुविधा सहुलियत दरमा पाउनेछन् ।

किसानलाई विधिवत् रुपमा परिचयपत्र दिने तयार गरिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले बताउनुभयो । सरकारले तोकेको कृषियोग्य जमिनमा परिवारिक, सामूहिक, सामुदायिक तथा सहकारी खेती गर्ने किसानलाई कृषि उत्पादनका लागि दिइने अनुदान परिचयपत्रका आधारमा उपलब्ध गराइनेछ । अधिया कमाउनेलाई पनि स्थानीयवासीको सिफारिसमा परिचयपत्र उपलब्ध गराइने प्रमुख गैरेले बताउनुभयो ।

परिचय पत्र लिनका लागि किसानले कृषि विकास कार्यालयमा निवेदन, लालपुर्जा, नागरिकता, गाविस सिफारिस, भाडा वा भोगचलनका लागि गरिएको सम्झौतापत्रको फोटोकपी बुझाएर मात्र परिचयपत्र पाउने कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा कुल ६ हजार जना किसानलाई परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी