मौरीको व्यावसायिक प्रवद्र्धनका लागि नीति ल्याइने

मौरीको व्यावसायिक प्रवद्र्धनका लागि नीति ल्याइने

  • शनिबार, चैत्र ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौँ, ५ चैत । उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले कृषि क्षेत्रको महत्वपूर्ण पाटो मानिएको मौरीपालन व्यवसाय प्रवद्र्धनका लागि उपयुक्त नीति ल्याइने बताउनु भएको छ ।

नेपालको निर्यातजन्य वस्तुमध्येको एक मौरीको महको व्यावसायिक गुणस्तर अभिवृद्धि र बजारीकरणसँगै कृषकलाई प्रोत्साहन गर्ने गरी नीतिगत व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल मौरीपालक किसान महासङ्घको २६औँ राष्ट्रिय सम्मेलन तथा नवौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले महको अन्तर्राष्ट्रिय बजारमा महत्व बढेकाले सरकारले विशेष प्रवद्र्धनका कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

कृषि विभागका महानिर्देशक डा युगध्वज जिसीले कृषिको अर्थतन्त्रमा योगदान दिने र निर्यातको एक हिस्सा ओगट्न सफल महको बजारीकरण र कृषकलाई आकर्षित गर्ने योजनाबद्ध कार्यक्रम ल्याइनुपर्ने खाँचो औँल्याउनुभयो ।

मह व्यवसायी वासु ढकाल, शिव पौडेललगायतले मौरीपालनको चुनौती र बजार प्रवद्र्धनका लागि गरिनुपर्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

नेपालमा मौरीपालनको व्यावसायिक सम्भावना रहेपनि प्रभावकारी काम हुन नसकेको महासङ्घका अध्यक्ष राजेन्द्र गौतमले गुनासो गर्नुभयो ।

महासङ्घका अनुसार मुलुकका ३२ जिल्लामा व्यावसायिक रुपमा मह उत्पादन भइरहेको छ । मह कति उत्पादन र विदेशबाट आयात हुन्छ, भन्ने यकिन विवरण नरहेता पनि करिब एक लाख ६० हजार मौरी गोला भएको अनुमान गरिएको छ । अघिल्लो वर्षको विवरण हेर्दा दुई हजार ४२५ मेट्रिक्टन मह उत्पादन भएको थियो । जबकी ५० हजार मेट्रिकटन मह उत्पादन गर्ने क्षमता भए पनि विदेशीको भरपर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी