काठमाडौ २४ फागुन ।
पछिल्लो पटक नवसर्जकहरु सांगीतिक बजारमा छाप्छाप्ति छन् तर सबै मपाईको भावानले गर्दा राम्रोहरुको कमि रहिरहदा एकाएक एक प्रतिभाशाली सर्जक ठकेन्द्र रावलको सांगीतिक बजारमा फरक तरिकाले आगमन भएको छ।
प्युठान जिल्लामा जन्मेर गीत संगीतलाई केहि गर्छु भन्ने जोसका साथमा अगाडी बढेका युवा सर्जक ठकेन्द्र रावलको एकल शब्द/संगीत र आवाजमा रहेको आधुनिक गीत”मिल्छ भने तिम्रो दिलमा अलिकती ठाउँ देउ ” को म्युजिक भिडियो सार्बजनिक भएको छ ।
आलाप रेकर्डिङ स्टूडियोको उत्पादनमा बजारमा आएको आधुनिक गीतमा अभिनय भने संगीतकार तथा गायक झलक संगीतम र नायिका सोमिया सामतलेको रहेको छ ।
बजारमा आएको केहि दिनमै धेरै श्रोता दर्शकको रोजाई बन्न थालेको भन्दै गायक भन्छन “मैले पहिलो गीतमानै आम स्रोता दर्शकको साथ् र माया पाए अब आगमि सिर्जनालाइ अगाडी बढाउँन पनि उतिकै साथ् को आवाश्यक छ” । क्यामारामेन करण चैसिरको छायांकनमा रहेको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।