म रामचन्द्रलाई सभापति मान्दिन : केसी

म रामचन्द्रलाई सभापति मान्दिन : केसी

  • सोमवार, फाल्गुन १७, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी सुशील कोइरालाको निधनअघिसम्म संस्थापनका विश्वसिला नेता मानिन्थे । उनले संस्थापनलाई पार्टीका महत्वपूर्ण निर्णयहरुमा साथ पनि दिने गरेका थिए । तर आसन्न १३ औँ महाधिवेशनबाट भने केसी कंग्रेस बरिष्ठ नेता शेरबहादुर देउवातिर गएका छन् । देउवा पक्ष उनलार्य महामन्त्री बनाउन लगभग तयार भईसकेको छ । तर उनीमाथी एउटा सर्त देउवा पक्षले अघि सारेको छ । यदी उनले आफ्नो ज्वाईँसमेत रहेको युवा नेता गगन थापालाई पनि देउवा क्याम्पपट्टि ल्याउन सकेभने देउवा पक्षबाट महामन्त्रीको उमेदवार उनी निर्विकल्प हुनेछन् । तर यो त्यति सहज भने देखिदैन । किनभने उनका ज्वाइृ गगन संस्थापनबाट महामन्त्री लड्ने तयारीमा छन् । कार्यबाहक सभापति रामचन्द्र पौडेलले महामन्त्रीमा समर्थन नगरे सिटौलासंग लबिङ गरेर भएपनि उनी महामन्त्रीमा लड्ने पक्षमा देखिएका छन् । गाउँ, क्षेत्र र जिल्लामा प्रखर वक्ताका रुपमा युवा नेता गगन लोकप्रीय छन् । यदी गगन मैदानमा उत्रिए भने देउवा निकटबाट महामन्त्री महामन्त्रीमा लड्ने एकजनाले पराजय भोग्नुपर्ने हुन सक्छ । त्यसमा केसी नै नपर्लान् भन्न सक्ने अवस्था रहदैन । त्यसैले गगन बिना केसी एकल्े आए देउवा पक्षले पनि उनलार्य हल्का रुपमा हेर्ने विश्लेषण गरिन्छ । के गर्लान अब केसीले ? प्रस्तुत त राष्ट्रिय खबरका लागि उनै केसीसंग पत्रकार नवराज कुँवरले गरेको कुराकानीको अंश ।

किन रोजे केसीले देउवा क्याम्प ?
म पार्टीको १० औँ अघिवेशनमा ९ औँ पोजिसन ल्याएर जितेको थिएँ । ११ आँै अधिवेशनमा म पाँचौ पोजिसन ल्याएर जितेको मान्छे हुँ ।, १२ औँ अधिवेशनमा दोश्रो पोजिसन ल्याएर जितेको मान्छे हुँ । २०५४ सालपछि अहिले ७२ सालमासम्मको यो १८ वर्षमा पार्टी सरकारमा गएका बेला म मन्त्री बनेको छैन । यहाँ एकथरि पक्षलाई जन्मजात मन्त्री र सरकारमा बस्नुपर्ने ढंगबाट उहाँहरु (संस्थापन)ले लिनुभयो । यो न्याय र विवेवको दृष्टिकोणले राम्रो भएन । मैले धेरै विचार गरेँ । राष्ट्रिय रुपबाट पनि लोकतान्त्रीक पक्षधरहरुलाई समेटेर लैजान सक्ने नेतृत्वको क्षमता राख्ने मैले देउवाजीलाई नै देखेँ । त्यसैले मैले उहाँलाई रोजेको हुँ ।

तपाईको ज्वाई समेत रहेका गगन थापालाई तपाईसंगै ल्याउनुभएन भने तपाईलाई देउवा पक्षले कमजोर ठान्ने विश्लेषण भईरहेको छ नि ?
विश्लेषणहरु जे पनि हुन्छन् । गगन युवा नेतामात्र नभएर मेरो परिवारभित्रको सदस्य पनि हुनुहुन्छ । म उहाँसंग पनि छलफलमा छु ।
के भन्छन् त गगन ?
हैन, पारिवारिक कुरा पनि हो । अब उहाँसंगको छलफल जे होस् सकारात्मक छ अहिलेलाई यति नै भन्न चाहान्छु । उहाँले पनि उचित निर्णय लिनुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।
तर देउवा पक्षकै नेताहरु तपाई कमजोर हुनुहुन्छ भनेर आलोचना गर्दैछन् त ?
को कति कमजोर र बलियो भन्ने कुरा त चुनावपछि थाहा भैहाल्छन नि ? यो कुरा अगाडी नै भविष्यवाणी गर्नुको के अर्थ ?

देउवाले तपाईलाई महामन्त्रीमा उठाउने तयारी गरेपछि त्यो गुटका अरु नेताहरु रुष्ट छन् भनिन्छ, देउवालाई पनि निकै दबाब परेकाले उनीहरुले अन्तिममा साथ दिएनन भने नि ?

त्यो अवस्था आउँदैन । यदी आइहाल्यो भने म मेरो पाराले गर्न सक्छु । तर मलाई विश्वास छ, साथीहरुबीच मैले निकै छलफल गरेको छु । म पदको लोभले मात्रै देउवानिकट भएको हैन । पार्टीमा मैले लामो समयदेखि गरेको संघर्षको मूल्याङकन गर्ने र सामूहिक नेतृत्वपट्टि जोड दिने नेतृत्वमा म सामेल हुन खोजेको हुँ । म आफै पनि नेतृत्वको लागि सक्षम छु तर मैले पार्टीको विवाद व्यवस्थापन र थप ध्रविकरणको सम्भावनालाई यथार्थमा आउन नदिन यस्तो गरिरहेको छु । र हामीले जितेपछि यो पार्टीको ध्रुविकरण हामी अन्त्य गरेरै छाड्छौँ र पार्टीलाई एक ढिक्का पार्छौँ । म सभापतिको आकांक्षी हुँ तर लचीलो भएर महामन्त्रीमा लड्न खोजेको हुँ ।
गाउँ, क्षेत्र र जिल्लामा साथीहरुले मलाई राम्रो प्रतिक्रिया र साथ दिनुभएको छ । म खास सभापतिकै लागि उठ्न खोजेको थिएँ । तर साथीहरुबीच विवाद र पार्टीमा नेतृत्व हानथापजस्तो नहोस् भनेर म महामन्त्रीमा लड्न सहमत भएको हुँ । तर म सभापतिबाट पछि हटेको भन्ने निश्चितनै भईसकेको छैन । तर महामन्त्रीमा उमेदवारी दिने सम्भावना बलियो छ ।
संस्थापनद्धारा पेश निति तथा कार्यक्रम अव्यवहारिक
बिहिबारको केन्द्रीय समितिमा रामचन्द्रजीले पेश गर्नुभएको निति तथा कार्यक्रम अव्यवहारिक छ । त्यसलाई पार्टीको विवाद हल गरेर पार्टीलाई समृद्धिको बाटोतर्फ लाँदैन । त्यो कसैमार्फत लेखिएको झैँ लाग्थ्यो । त्यसैले कार्यदिशाको हिसाबले हेर्ने हो भने पनि उहाँहरु कमजोर हुनुहुन्छ ।
विधान संशोधन किन ?
गाउँ, नगर, क्षेत्र र जिल्ला अधिवेशन सकिएको अवस्थामा केन्द्रीय पधादिकारी थपेर कार्यसमितलाई भद्दा बनाउने पक्षमा हामी समर्थन जनाउन सक्दैनौँ । यो व्यवहारिक र वैज्ञानिक छैन । हामीसंग समयपनि कम छ । यो चाहिँ व्यक्तिको लागि पद निर्माण गर्ने र नेतृत्वको बोज चाहिँ केन्द्रमा भारी बोकाउने बाहेक अरु कुनै तात्वीक अर्थ छ्र्रैन । यो संभव पनि छैन ।
सुजता कोइराला, कृष्ण सिटौलालगायत पनि सभापतिमा उठ्न आ–आफै लबिङ गरिरहेका छन्, कांग्रेसमा गुट चाहिँ कतिवटा छ ?
आकांक्षा राख्नु ठूलो कुरा हैन । उहाँहरु सक्षम हुनुहुन्छ त्यसैले राख्नुभएको होला । तर आकांक्षाले मात्रै हुँदैन । तपाईलाई थाहै छ, अहिले कांग्रेसमा देखिएको शक्ति गुट दुइवटा छ । यो हामीले स्वीकारेपनि नस्वीकारेपनि सबैले देखिरहेको कुरा हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ