दोलखा ,१३ फागुन ।
ललितपुरस्थित अल्का अस्पतालले भुकम्प प्रभावित मध्येको जिल्ला दोलखाको बिकट मैनापोखरी गाविसमा गरेको निशुल्क शिबिरमा करिब ५ सय जना बिरामीले स्वास्थ्य परिक्षण गराएका छन् ।
लायन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ ए टु संगको सहकार्यमा सदरमुकाम चरिकोटदेखी झण्डै ३० किलोमिटर टाढा रहेको मैनापोखरी गाविसमा बुधवार आयोजना गरिएको निशुल्क शिबिरमा जनरल फिजिसियन तथा बाथ, हाडजोर्नि, स्त्री तथा प्रशुति रोगका बिशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
उक्त शिबिरमा सहभागी मध्ये अधिकांश बिरामी बाथ र युरिक एशिडबाट ग्रसित भएको पाइएको परीक्ष्ँणमा संलग्न डा. अरुण गुप्ताले बताए । यस्तै परीक्ष्ँणका क्रममा महिलामा हुने समस्या लिएर आएका थुप्रै बिरामी मध्ये अधिकांसमा पाठेघरको समस्या पाइएको छ । शिबिरमा बिरामीलाई अस्पतालले एक महिनासम्मको निशुल्क औषधी समेत बितरण गरेकोे थियो ।
सामाजिक उत्तरदायित्व अन्र्तगत अस्पतालले भुकम्पबाट प्रभावित जनताको सहयोगका लागी दोलखाको बिकट गाविसमा गएर निशुल्क शिबिर गरेको अस्पतालका अध्यक्ष कुमार थापाले बताए ।
कतिपय बिकट गाविसका मानिसहरु आर्थिक अवस्थाका कारण अस्पतालको पहु“चमा पुग्न नसकेको वास्तविकतालाई मध्यनजर गर्दै अस्पतालले विभिन्न जिल्लाका बिकट गाविसलाई लक्ष्ँित गरि निशुल्क शिबिर गर्दै आएको थापाको भनाई छ ।
यसअघि गत साता मात्र अस्पतालले ललितपुरको बिकट प्युटार गाविसमा पनि ४ सय बढी बिरामीको स्वास्थ्य परीक्षण गरि निशुल्क औषधी बितरण गरेको थियो ।
