‘अटो गार्ड’ उपकरण आविष्कार

‘अटो गार्ड’ उपकरण आविष्कार

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

विराटनगर, ४ फागुन ।

सुनसरी जिल्ला दुहबी–भलुवा नगरपालिका–४ का एक युवकले ‘अटो गार्ड’ नामक यन्त्र प्रयोगमा ल्याएका छन् ।

पानीट्यांकीमा राख्न सकिने सो उपकरणको सफल परीक्षण गर्दै निमेष खुलालले घरायसी प्रयोजनमा ‘अटो गार्ड’ले धेरै सजिलो पार्ने बताउनुभयो । सो उपकरण प्रयोगमा ल्याइएमा ट्यांकीमा पानी सकियो भनेर हेरिरहनुपर्ने झन्झट व्यहोर्नु नपर्ने जनाइएको छ । इटहरीस्थित सुष्मा कोइराला मेमेरियल इन्जिनियरिङ कलेजमा भर्खरै डिप्लोमा इन्जिनियरिङ सक्नुभएका खुलालले आज पत्रकार सम्मेलन गरी उक्त उपकरण सार्वजनिक गर्नुभयो ।

“पानी तान्ने मोटरसँग कनेक्सन गरेर यो उपकरण जोडिन्छ”, खुलालले भन्नुभयो, “पानीट्यांकीमा पानी सकिनेबित्तिकै यो उपकरणले आफैँ पानी तान्न थाल्छ ।” दुई महिनाअघि काठमाडौँमा दिदीका घरमा पुग्दा पानी भरिएर खेर गएको समस्या देखेपछि नयाँ प्रविधि हुनसक्छ कि भनेर अध्ययन थाल्नुभएको थियो । दुई महिना लामो अध्ययनपछि यस्तो उपकरण निर्माण गरिएको बताइएको छ ।

“पानीट्यांकीमा सेन्सर राखिन्छ, जसले पानी सकिनेबित्तिकै मोटरमा राखेको डिभाइसको स्वीच अन गर्न मद्दत गर्छ”– उहाँले भन्नुभयो– “उक्त उपकरणमा तीन सूचक हुन्छन्, तिनले पानी सकिएको, पानी भर्न सुरु भएको र पानी पूरा भरिएको सङ्केत गर्छन् ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी