ताप्लेजुङका माओवादीले २१ ओटा झण्डा गाडेर जनयुद्ध दिवश मनाए

ताप्लेजुङका माओवादीले २१ ओटा झण्डा गाडेर जनयुद्ध दिवश मनाए

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

ताप्लेजुङ,२ फाल्गुन  ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी, ताप्लेजुङले ताप्लेजुङको हाङ्पाङ गाविसको पञ्चमी डाँडामा २१ ओटा माओवादी पार्टीको झण्डा गाढेर २१ औँ जनयुद्ध दिवश मनाएको छ ।

जनयुद्धताका पनि ताप्लेजुङको हाङ्पाङ गाविसलाई ऐतिहासिक स्थल अर्थात सबैभन्दा पहिला जनसरको कार्बाही आरम्भ गरेको भनेर चिनिन्छ । हिज पनि सोही स्थानमा भण्डा गाढेर आफ्नो आगामी कार्यदिशालाई अगाडि बढाउने संकेत माओवादीले गरेको छ ।

जनयुद्ध दिवशकै अवसरमा नेकपा माओवादीले विजयको नेतृत्वमा २५ सदस्यीय जिल्ला जनपरिषदको घोषणा पनि गरेको छ । जिल्ला स्तरीय जन परिषद विगतको जनयुद्धताका जनसरकारको मोडेलमा गठन गरिएको छ ।

श्रोतका अनुसार जन परिषदले नियमित काम कार्बाहीहरु अगाडि बढाउनेछ । जनअदालत सहितको जनकार्बाही नेपालको संविधान २०७२ जारी हुनुभन्दा २ दिन अगाबै नेकपा माओवादीद्धारा जारी गरिएको जनसंविधान अनुसार अगाडि बढाउने बताईएको छ ।

यसरी माओवादीले राजधानी काठमाण्डौमा हजारौँ राता मान्छेद्धारा मार्चपास सहित विशाल जनप्रर्दशन गरेको थियो भने विभिन्न जिल्लामा विविध कार्यक्रमका साथ २१ औँ जनयुद्ध दिवश मनाएको छ ।

विभिन्न स्थानमा जनयुद्ध दिवश माओवादी पार्टीहरुले मनाईरहेको समयमा अलिकति फरक ढंगले सदरमुकामभन्दा बाहिर गोप्य रुपमा विप्लव नेतृत्वको माओवादीले जनयुद्ध दिवश मनाएको हो ।

प्रशासन र सुरक्षा निकायले यस वर्षको विप्लव माओवादीको जनयुद्ध दिवशमा चासो लिएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी