वाग्मतीमा १४४ हप्ताको सफाइपछि माछा खेल्दै

वाग्मतीमा १४४ हप्ताको सफाइपछि माछा खेल्दै

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, १ फागुन । महाअभियानका रुपमा वाग्मती सफाइ गर्न थालेको १४४औँ हप्तापछि गुह्येश्वरीमाथिको भागमा जीव बाँच्न सक्ने गरी पानी सफा भएको छ ।

विसं २०७० जेठ ४ गते शनिबारदेखि तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा वाग्मती सफाइ महाअभियान सुरु भएको थियो ।

प्रत्येक हप्ताको शनिबार निरन्तर नदीका विभिन्न भागमा अभियानका रुपमा सफाइ गर्न थालेपछि गुह्येश्वरीमाथिको वाग्मतीमा माछा फस्टाउन थालेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, सञ्चालक समिति सदस्य एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

महाअभियानले सुन्दरीजलबाट चोभारसम्मको वाग्मती नदीमा सफाइ गर्न थालेको ३९ हप्तापछि गुह्येश्वरीमाथिको भागमा पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी हाम्रो जोरपाटी र माकलबारी टोल सुधार समितिको आयोजनामा विशेष अभियानका रुपमा निरन्तर सफाइ गरिँदै आएको थियो ।

“यस क्षेत्रमा ३९ हप्तासम्म महाअभियानको र त्यसपछि स्थानीय संस्थाले आयोजना गरेको सफाइको प्रभावले ३० वर्षपछि वाग्मतीमा माछा खेल्न थालेका छन्, समितिले प्रशोधन गरेको फोहर पशुपतिमुनिको वाग्मतीमा हालिँदा पशुपतिमुनिको भागमा अझै माछालगायत जीव देख्न सकिएको छैन” – पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले भन्नु भयो ।

आज १४४औँ हप्ताको वाग्मती सफाइ मीनभवन पुलमुनिको भागमा गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । आजको सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, सहरी विकास सचिव दीपेन्द्रनाथ शर्मा, अभियन्ता डा राजु अधिकारीलगायतको उपस्थिति थियो ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको पनि सफाइमा संस्थागत उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी