माघ १६ काठमाण्डौं ।
चर्चित गायिका मुना थापा मगरको स्वरमा समसामयिक पारिवारिक बिछोड्को कथामा आधारित लोग गीत “तेता तीर ठीकै होलानी “को म्युजिक भिडियो बजारमा आउदै छ ।
नेपाली सांगीतिक क्षेत्रका चर्चित एबम लोकप्रिय स्रस्टा राज कुमार बगरको संगीत र गीतकार गणेश चौलागाईको शब्द मा रहेको गीत न‘या तथा पुराना कलाकारहरुसँगको सहकार्यमा तयार पारिएको छ ।
गत शनिबार गोकर्ण र सो आसपासमा रमणीय स्थल्हरुमा छायान्कन गरीएको म्युजीक भीडीयोको नीर्देशन कपील लामाले गरेका छन् ।
बिन्धवासीनि म्युजिक प्रालिले बजारमा ल्याएको यस भिडियोमा सुरेश श्रेष्ठको क्यामेरा तथा महेन्द्र गौतम र सुमीत्रा भन्डारी अभिनयमा देखिने छन् ।
बिशेषगरी वियोगान्त गीत लेख्न मन पराउने चौलागाईले यस गीतमा परिवारको मुख्य सदस्य टाढीएको बास्तबीकता लाई गीत मा उतार्न खोजेका छन् ।
कलाकार बीमल डागीको सहयोग मा पहीलो स्रीजना प्रकाशन गर्न सफल चौलागाइ ले देशका बर्तमान प्रतीकुल अवस्था र पारीबारीक बीछोड्को पीडा घरमा रहेकी श्रीमतीले परदेशमा रहेका श्रीमानलाइ आफ्नो दुखको खबर सुनाउन अप्ठ्यारो भयको अवस्था बाट गीतको उठान भएको छ ।
बिशेषगरी स्थापीत कलाकारहरुसंगै नव आगन्तुक सँगको समानान्तर सहकार्यलाई नीरन्तरता दीइरहेका गणेश ले यस “ तेता तीर ठीकै होलानी” मा नया मोडेल सुमीत्रा भन्डारी लाई समेटेका छन् ।
गीतको बीसयबस्तु ,मन छुने शब्द ,उत्कृष्ट संगीत र सुमधुर स्वर उत्कृष्ट संगीत संयोजनले गीत राम्रो बनेको र बास्तबीक लोक गीत मन पराउने दर्सक स्रोता हरुको मन मा बस्न यो गीत सफल हुने मा आसावादी भयको बीन्दाबासीनी का सन्चालक सुबास रेग्मीले बताए ।


