दाङ, ९ माघ ।
त्रिपुर नगरपालिका–४ स्यानी गाउँका स्थानीय बासिन्दाले उखुखेतीबाट लाखौँको आम्दानी गरेका छन् ।
उखु खेतीबाट गाउँका सबैजसो किसानले राम्रो आम्दानी समेत लिएको बताउँछन् । उनीहरुले आफनो बारीमा लगाउने उखु खेतीबाट आएको आम्दानीबाट आत्मनिर्भर हँुदै आएको किसानको भनाइ छ ।
किसानले अन्यखेती नहुने स्थानमा उखुखेती गदै आएको बताउँछन् । उक्त स्थानमा रहेका करिब ४५ घरपरिवारले आ–आफनो बारीमा उखुखेती गर्ने गरेका छन् । स्थानीय कृषक रामबहादुर थारुका अनुसार गाउँका सबै मानिस उखुखेती गर्ने गरेका छन् ।
थारुका अनुसार कम खर्च थोरै मेहेनत र थोरै लगानीमा पनि उखुखेती हुने भएकाले पनि कृषक उखुखेती तर्फ आकर्षित भएका छन् । उनीहरुले उत्पादन गरेको उखुलाई जिल्लाका विभिन्न स्थानमा लगेर बिक्री गर्ने गरिएका छ ।
खासगरी जिल्लामा विभिन्न स्थानमा चार्ड पर्वको अवसरमा लाग्ने मेला महोत्सवमा उखु बिक्री गरिने गरिन्छ ।
उखु बिक्रीबाट गतवर्ष मात्र रु तीन लाख आम्दानी गरेको उहाँको भनाइ छ । मल, सिँचाइ कम लाग्ने र एक पटक लगाए दुई÷तीन वर्षसम्म लगाउनु नपर्ने योखेती सहज भएको उहाँको भनाइ छ ।
त्यो व्यवसायबाट आफनो घरखर्च, छोराछोरी पढाउने गरेको उहाँको भनाइ छ । त्यस्तै सोही ठाउँका विक्रम चौधरीले पनि उखुखेतीबाट राम्रो आम्दानी हुने गरेको बताउनुभयो ।