वामपन्थी शक्तिबीच एकताको आवश्यकता:दाहाल

वामपन्थी शक्तिबीच एकताको आवश्यकता:दाहाल

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, ७ माघ ।

एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको वर्तमान समस्या समाधानका निम्ति नेपालका वामपन्थी शक्तिबीच एकताको आवश्यकता औँल्याउनुभएको छ ।

कृष्णदास श्रेष्ठद्वारा लिखित ‘भौतिकवादको विकासको इतिहास र माक्र्सवादी सौन्दर्य चिन्तन’ नामक पुस्तकको आज यहाँ विमोचन गर्दै नेता दाहालले नेपाली कम्युनिस्टले जनता र राष्ट्रप्रति निष्ठाका साथ नयाँ धरातल खडा गर्नुपर्छ भन्नुभयो । “नयाँ धरातलमा टेकेर कम्युनिस्टलाई एकताबद्ध गर्नुपर्ने आवश्यकता छ, हामी एउटै धाराबाट विकसित भएका र एउटै स्कुलिङ भएकाले नै दायाँ र बायाँतिर हेर्ने कमजोरी ग¥यौँ” –दाहालले भन्नुभयो ।

मात्रात्मक रुपमा कम्युनिस्ट आन्दोलनको विकास भए पनि गुणात्मक हिसाबले ह्रास आएको भन्दै उहाँले कम्युनिस्ट आन्दोलनभित्र पुँजीवादको बोलवाला भएको बताउनुभयो ।

अध्यक्ष दाहालले विगतमा गरिएका मनोगतवादी कमजोरीलाई सच्चाएर एकताबद्ध भई वर्ग सङ्घर्षलाई नयाँ शिराबाट उठाउन जरुरी भएको समेत बताउनुभयो ।
नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्य, साहित्यकार निनु चापागार्इं, अमर गिरी र जगदीशचन्द्र भण्डारी, बुद्धिजीवी हिरण्यलाल श्रेष्ठलगायतले कृति कम्युनिस्ट आन्दोलन जान्न चाहनेका लागि उपयोगी हुने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ