काठमाण्डौ ,७ माघ ।
पूर्वप्रधानसेनापति रुक्मांगद कटवालले कालीनदीको उद्गमस्थलको विवाद सुल्झाउन नेपालले सप्रमाण भारतसँग कुरा गर्नुपर्ने बताएका छन् ।
पूर्वसहायकरथी स्वर्गीय गोपालसिंह बोहराद्वारा लिखित ‘कालापानी स् कथा र व्यथा’ पुस्तकको विहीबार राजधानीमा लोकार्पण गर्दै पूर्वसेनापति कटवालले भारतसँग सप्रमाण आफ्नो सीमाको दाबी गर्न सके कालापानी लिम्पियाधुराको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले भारत र चीनको सम्बन्ध बिग्रिएको समयमा चीनमाथि नजर राख्न भारतले कालापानीमा आफ्नो पोस्ट खडा गरेको र अहिले चीनसँग व्यापार बढाउन लिम्पियाधुरा कब्जा गर्न खोजेको भन्दै सरकार यसमा सचेत हुनुपर्ने धारणा राखे ।
यस्तै, सीमाविद् बुद्धिनारायण श्रेष्ठले कालीनदीको मुहान लिम्पियाधुरा नै रहेको यथेस्ट प्रमाण रहेको जिकिर गर्दै यस्तै अन्य प्रमाणहरु पनि जुटाएर नेपालले भारतसँगको सीमा विवादलाई टुंग्याउनुपर्नेमा जोड दिए ।
लोकार्पित पुस्तकमा कालापानीको उद्गमस्थल लिम्पियाधुरा नै रहेको ठोकुवा गर्दै कालीनदीको मुहान निर्धारण हुनासाथ कालापानी सीमासम्बन्धी सबै समस्या स्वतः समाधान हुने विश्वास व्यक्त गरिएको छ ।