माघ ७, मोरङ ।
मोरङको रंगेलीमा प्रहरीको गोली लागी ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रंगेली ४ की ६० बर्षीय द्रौपतीदेवी चौधरी, शिवु माझी र महादेव ऋषीदेवको रहेकोे प्रमुख जिल्ला अधिकारी तोयम रायले जानकारी दिनुभयो ।
एमाले निकट युवा संघले रंगेलीमा आयोजना गरेको कार्यक्रम संयुक्त लोकतान्त्रिक मधेसी मोचार्का कार्यकर्ताले बिथोल्ने प्रयास गरेपछि प्रहरीसंग झडप हुदा फायरिङ भएको हो । गोली लागी अन्य दर्जनौँ घाइते भएका छन् । उनीहरुको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । अहिले रंगेली र डायनीया क्षेत्र तनावग्रस्त छ ।
यसैबीच, अहिले मोरङ सुरक्षा समितिको बैठक बसिरहेको छ । रंगेली र डायनीया क्षेत्र तनावग्रस्त भएपछि स्थिती सामान्य गर्ने बिषयमा समितिमा छलफल भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline