काठमाडौं,७ माघ ।
प्रमुख दल र आन्दोलनरत मधेसी मार्चाका शिर्षस्त नेताहरुबीच अहिले छलफल भइरहेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ । वैठकमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी छन ।
मोर्चाले कार्यदलस्तरमा नभई अध्यक्षस्तरमा मात्रै वार्ता हुने बताएपछि प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुवीच ११ बुँदे मागबारे छलफल हुन लागेको हो ।
संसद बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथिको छलफल बिहीवारबाटै सुरु हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरको बैठक बोलाउनु भएको हो ।
यसअघि मोर्चाले आफूहरुका माग सम्बोधन गर्ने विषयउमा सरकार र प्रमुख तीन दल गम्भीर नभएको भन्दै मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न गठन गरेको कार्यदलको औचित्य समाप्त भएको घोषणा गरेको थियो ।