आज शीर्ष तहमा मोर्चासँग छलफल हुदै

आज शीर्ष तहमा मोर्चासँग छलफल हुदै

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं,७ माघ ।

प्रमुख दल र आन्दोलनरत मधेसी मार्चाबीच आज उच्चस्थरमा छलफल हुदै छ । ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा मधेसी मोर्चाले उठाएका माग सम्बोधन गर्ने विषयमा छलफल हुने कांग्रेस उपसभाति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

मोर्चाले कार्यदलस्तरमा नभई अध्यक्षस्तरमा मात्रै वार्ता हुने बताएपछि प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरुवीच ११ बुँदे मागबारे छलफल हुन लागेको हो।

संसद बैठकमा संविधान संशोधनका लागि सांसदहरुले दर्ता गराएका संशोधन प्रस्तावमाथिको छलफल बिहीवारबाटै सुरु हुने भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले शीर्षस्तरको बैठक बोलाएका हुन्।

वैठकमा प्रमुख तीन दल र मधेसी मोर्चाका शीर्ष नेताहरु सहभागी हुन भएका छन । यसअघि मोर्चाले आफूहरुका माग सम्बोधन गर्ने विषयउमा सरकार र प्रमुख तीन दल गम्भीर नभएको भन्दै मधेसी मोर्चाले सरकारसँग वार्ता गर्न गठन गरेको कार्यदलको औचित्य समाप्त भएको घोषणा गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ