काठमाडौ ६ माघ ।
मधेशी मोर्चाको माग सम्बोधनका विषयमा साझा धारणा बनाउन मुख्य तीन दलको बैठक आज बस्दैछ ।
बालुवाटार स्थित प्रधानमन्त्री निवासमा अपरान्न ३ बजे बस्ने बैठकमा मधेसी मोर्चाले उठाएका माग सम्बोधनका विषयमा छलफल हुने बताइएको छ ।
सहमतिका लागि भन्दै संविधान संशोधनको प्रक्रियालाई दुई दिन स्थगित गरेका दलहरुले मधेसी मोर्चाले उठाएका ११ बुँदे मागबारे साझा धारणा तय गर्ने जनाएको छ ।
आन्दोलनरत मधेसी मोर्चाले तराईमा दुई प्रदेशको सुनिश्चितताको माग गरेपछि प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलस्तरको बैठक प्रभावित भएको थियो ।
कार्यदलस्तरमा बार्ताको औचित्य समाप्त भएको घोषणा गरेको मोर्चाले तीन दल आफ्ना मागप्रति गम्भीर नभएको भन्दै अब शिर्ष नेतृत्व तहमा मात्रै बार्तामा बस्ने अडान लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline