सवारी साधनको भाडा घटाउन नेविसंघको माघ

सवारी साधनको भाडा घटाउन नेविसंघको माघ

  • बुधबार, माघ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ ६ माघ ।  

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल विद्यार्थी संघले सवारी सधानको भाडादर तत्काल घटाउन माग गरेको छ ।

नेविसंघ प्रवक्ता युपी लामिछानेले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्य घटेपनि सवारी साधनको भाडादर नघटेको भन्दै तत्काल भाडा घटाउन र विद्यार्थीहरुलाई ४५ प्रतिशत सहुलियत दिन माग गर्नु भएको छ ।

नेविसंघले तत्काल भाडादर नघटाए आफूहरु कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । यस्तै नेपाल आयल निगमसँग स्टकमा राखेको पेट्रोलियम पदार्थको सहजरुपमा वितरण गर्न पनि माग गरेको छ ।

थानकोट डिपोमा तेल भरिदा समेत बजारमा सहज वितरण नहुनुले सरकारले सिंहदरबारबाटै कालो बजारियाहरुलाई संरक्षण गरेको पुष्टि भएको नेविसंघको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ