कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दै

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ ५ माघ । 

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ९ बजेपछि महाराजगन्जस्थित पार्टी सभापति सुशिल कोइरालाको निवासमा बस्नेछ ।

आगामी महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले पछिल्लो समय छलफललाई तीव्रता दिएको छ । बैठकमा पार्टीको विधान संशोधन र तराई मधेशमा जारी आन्दोलनका विषयमा छलफल हुने बताइएको छ ।

तराई मधेशको समस्या समाधानका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको निष्कर्ष निकालेको कांग्रेसले मधेशी मोर्चाका मागका विषयमा पार्टीभित्र छलफल गर्न लागेको हो ।

यस्तै बैठकमा पार्टीको विधान संशोधनका सम्बन्धमा समितिले गरिरहेको कामकारबाहीका विषयमा पनि नेतृत्वले धारणा राख्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ