अनुवंश उत्परिवर्तित प्रजनन्सम्बन्धी राष्ट्रिय तालिम सुरु

अनुवंश उत्परिवर्तित प्रजनन्सम्बन्धी राष्ट्रिय तालिम सुरु

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

ललितपुर, ५ माघ ।
 
अनुवंश उत्परिवर्तित प्रजननसम्बन्धी राष्ट्रिय तालिम सोमबारबाट उहाँ सुरु भएको छ ।
 
नेपाल कृषि अनुन्धान परिषद्, विज्ञान तथा प्रविधि मन्त्रालय, अन्तर्राष्ट्रिय गहुँ तथा मकै अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय धान अनुसन्धान केन्द्र, अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीद्वारा संयुक्त रुपमा आयोजित उक्त तालिम १३ गतेसम्म सञ्चालन हुने नार्कका कार्यकारी निर्देशक वाइआर पाण्डेले बताउनुभयो ।
 
कृषि उत्पादनका लागि नयाँ प्रविधिको विकासका बारेमा तालिममा जानकारी गराइने छ । तालिममा २५ जना वैज्ञानिक प्रशिक्षार्थीका रुपमा सहभागी हुने जनाइएको छ ।
 
तालिममा नार्कमा आबद्ध वैज्ञानिक, बीउ गुण नियन्त्रण कार्यालय, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय बायोटेक्नोलोजी केन्द्रीय विभाग, काठमाडौँ युनिभर्सिटी, नेपाल बायोटेक्नोलोजी नर्सरीमा आबद्ध वैज्ञानिकको सहभागी रहेको नार्कका कार्यकारी पाण्डेले बताउनुभयो ।
 
सो अवसरमा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले कृषिमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधिको खाँचो रहेको औँल्याउनुभयो । उहाँले कृषिप्रधान देशमा वार्षिक १०० अर्ब बराबरको खाद्यान्न आयात गर्नु चिन्ताको विषय रहेको उल्लेख गर्नु भयो ।
 
अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र नेपाल प्रतिनिधि डा भवप्रसाद त्रिपाठीले वस्तुको गुणलाई परिवर्तन गरी नयाँ आविष्कार गर्न सक्नु नै सफलता हुने धारणा राख्नु भयो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी