काठमाडौ ४ माघ ।
प्रमुख ३ दल र आन्दोलनरत मधेशी मोर्चाद्धारा गठित कार्यदलको बैठक बिना निश्कर्ष टुङगिएको छ ।
आज साझ बसेको कार्यदल बैठकमा सहमती हुन नसकेपछि भोली बस्ने गरि बैठक स्थगित भयो ।
राजनीतिक सयन्त्रको बैधानिकता जस्ता विभिन्न विषयमा सहमतिको खाका बनाउन बसेको बैठकमा मोर्चाको अडान कायम रहेपछि आज पनि सहमती हुन सकेन ।
यसैबीच ,तीन दलले मधेशमा दुई प्रदेश मान्न नसकिने निष्कर्ष निकालेका छन् ।
बालुवाटारमा बसेको काग्रेस एमाले र एकीकृत माओवादीको बैठकले मधेशमा थारुवान र मधेश प्रदेश बनाउन नसकिने निष्कर्ष निकाल्दै सिमाकंनको हेरफेरमा भने गर्न सकिने निष्कर्ष निकालिएको एक नेताले जानकारी दिनु भयो ।
मधेशी मोर्चाले तराईमा दुई प्रदेश हुनु पर्ने अडान राख्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline