काठमाडौं, ४ माघ ।
सप्तरीमा गोली प्रहारबाट मारिएका असई रमेश सुब्बाको हत्यामा संलग्न रहेको आरोपमा एक जनाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनामा प्रयोग भएको मोटरसाईकल सहित चुटकी गाविस ७ का असोक कुमार यादबलाई नियन्त्रणमा लिएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रहरी निरिक्षक सुरज खड्काका अनुसार असई सुब्बाको हत्यामा प्रयोग भएको मोटरसाईकल सहित यादवलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकि सुकटिका ईन्चार्ज रहेका असई सुब्बाको गत पुस २० गते साझ मोटरसाईकलमा आएको हतियारधारी समुहले हत्या गरेको थियो । सो घटनाको जिम्मेवारी जय किृष्ण गोईत समुहले लिएको दाबी गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline