भक्तपुर सहित १३ जिल्लामा गर्भपनत गराउने महिला बढी

भक्तपुर सहित १३ जिल्लामा गर्भपनत गराउने महिला बढी

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, ४ माघ ।

नेपालमा अझै पनि ६२ प्रतिशत महिलालाई सुरक्षीत गर्भपतनबारे जानकारी नभएको जनाएको छ । साथै कास्की, तनहुँ, काभ्रे, भक्तपुर लगायत १३ जिल्लामा बढी गर्भपतन हुने गरेको बताईएको छ ।

एसिया सेफ एबोर्सन पाटर्नरसिप(एसप), युथ च्याम्पियन एड्भोकेसी नेटवर्क (युथ क्यान) र मिडिया एड्भोकेसी ग्रुप (म्याग) को संयुक्त आयोजनामा आज भएको कार्यक्रममा नेपालमा सन् २००२ देखि नै सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिन सुरु गरेपनि यसबारे पर्याप्त जानकारी नभएको जनाईएको हो ।

कृपा संस्थाका निर्देशन आनन्द तामाङले संस्थाले गरेको अध्ययनअनुसार नेपालका १३ जिल्लामा बढी गर्भपतन हुने गरेको बताउनु भयो ।
उहाले औषधिद्वारा गरिने गर्भपतनमा नदुख्ने औषधिको अनुसन्धान विभिन्न मुलुकमा भइरहेकाले अब छिट्टै नै पीडादायक गर्भपतनबाट महिलाले राहत पाउने विश्वास व्यक्त गर्नुभयो ।

विभिन्न संस्कार, सामाजिक परम्पराका कारण महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य हुने भएकाले यसको रोकथामका लागि छोरी जन्माउने आमालाई सरकारले नै आयआर्जनका कार्यक्रम ल्याउन जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

म्यागका अध्यक्ष बबिता बस्नेतले महिलाको यौन तथा प्रजनन् अधिकार स्थापित नभएसम्म दिगो विकास लक्ष्य पूरा हुन नसक्ने भन्दै यसका लागि महिलालाई सुरक्षित गर्भपतनको अधिकार प्राप्तिमा मिडियाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा युथ क्यानका संयोजक स्मृति थापाले गर्भपतनलाई महिलाको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको रुपमा उल्लेख गरिनुपर्ने र सोहीअनुसार उनीहरुको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी