मुख्य दल र मोर्चाबीच आजपनि कार्यदलस्तरमा छलफल हुदै

मुख्य दल र मोर्चाबीच आजपनि कार्यदलस्तरमा छलफल हुदै

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ ४ माघ ।

मुख्य दल र आन्दोलनरत मधेशी मोर्चाबीच आजपनि कार्यदल स्तरमा छलफल हुदैछ ।

सहमतिको प्रयास स्वरुप कार्यदल स्तरमा विवाद मिलाएर बेलुकासम्ममा सहमतिको खाका बनाउन प्रयास हुने नेताहरुले बताएका छन् ।

कार्यदलको बैठक अपरान्न ४ बजेपछि बस्नेछ । त्यसअघि तीन दलीय कार्यदलका सदस्यले शिर्षस्त नेताहरुसाग छलफल गर्ने कार्यदल सदस्य एवम् कांग्रेस नेता महेश आचार्यले जानकारी दिनुभयो ।

मधेशी मोर्चाले राखेका कतिपय विषयमा कार्यदल स्तरमा टुङ्गो नलागेपछि आज शिर्षस्थ नेतासँग छलफल गर्न लागिएको हो ।

प्रदेश सिमांकन हेरफेरका लागि बनाइने राजनितिक संयन्त्रको कार्यविधिका विषयमा दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।

मधेशी मोर्चाले तराई मधेशमा दुई प्रदेश बन्ने आधार कार्यविधिमा उल्लेख गर्नुपर्नेमा जोड दिइरहेको छ । त्यस बाहेकका विषयमा भने लगभग सहमति जुटेको नेताहरुले बताएका छन् ।

मुखय दलहरुले भोलीसम्ममा मधेशी मोर्चासाग सहमति जुट्ने दावी गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ