कृषिको व्यवसायीकरणका लागि नयाँ रणनीति ल्याइने– कृषि सचिव

कृषिको व्यवसायीकरणका लागि नयाँ रणनीति ल्याइने– कृषि सचिव

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

रत्ननगर (चितवन), ४ माघ ।

कृषि सचिव उत्तमकुमार भट्टराईले कृषिको व्यवसायीकरणका लागि आगामी वर्ष नयाँ रणनीति बनाएर कार्यान्वयनमा ल्याउने बताउनु भएको छ ।

चितवनमा नेपाल मौरीपालक महासङ्घले १७ वर्षको अन्तरालमा पहिलोपटक तयार पारेको मौरीपालन डाइरेक्ट्रीको भरतपुरमा विमोचन गर्दै सचिव भट्टराईले कृषि मन्त्रालयले ल्याएको २७ बुँदे प्रतिबद्धता पत्रलाई आत्मसात् गर्दै नयाँ रणनीति ल्याउनका लागि तयारी भइरहेको उल्लेख गर्नु भयो ।

विशेषगरी रणनीतिमा पकेट क्षेत्र बनाएर कृषि प्रविधि तथा व्यावसायिक खेती प्रणालीको विकास गर्ने, व्यवसाय प्रवद्र्धनका लागि अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, जिल्लाजिल्लामा भएका कृषि कार्यक्रमको अनुगमन कार्य कडा पार्ने उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो ।

सो क्रममा उहाँलाई मौरीपालक किसानले यो वर्ष अनुदानका कार्यक्रम नआएको भन्दै गुनासो गरेका थिए । नेपाल मौरीपालक महासङ्घका अध्यक्ष राजेन्द्र गौतमले मौरीपालनमा चरणको अभाव हुने गरेको, विषादीको बढ्दो प्रयोग, विदेश निर्यातलगायतमा किसानलाई समस्या परिरहेको बताउनुभयो ।

नेपाल मौरीपालक महासङ्घका कार्यालय प्रमुख ठाकुर दवाडीले दिएको जानकारीअनुसार नेपालमा एक लाख ५० हजार मौरीका गोला रहेको, मौरी स्रोत केन्द्र ४१ वटा रहेको तथा मौरीसँग सम्बन्धित सहकारी ५९ वटा रहेका छन् ।

यस्तै किसान पाँच हजार रहेको र वार्षिक दुई हजार मेट्रिकटन मह उत्पादन हुने गरेको जानकारी दिइयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी