चिनले बनायो मानिस बोक्नसक्ने ड्रोन

चिनले बनायो मानिस बोक्नसक्ने ड्रोन

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

काठमाण्डौ ,३ माघ ।

चिनियाँ कम्पनीले मानव बोक्नसक्ने ड्रोन बनाएको छ। चीनको ग्वान्झाओमा रहेको इहाङ आईएनसीले अमेरिकाको लस भेगासमा भएको ‘सीईएस २०१६’ मा मानव बोकेर उड्नसक्ने ड्रोन सार्वजनिक गरेको हो। इहाङ १८४ नामक यो ड्रोनमा एकजना यात्रु बस्न मिल्ने आरामदायी र वातानुकुलित ककपिट छ । तर, यात्रुले ड्रोन चलाइराख्नु पर्दैन। सिटको अगाडि रहेको टचस्क्रिनबाटै उडानसम्बन्धी सबै कुरा नियन्त्रण गर्न सकिन्छ।

मान्छे नै बोक्न मिल्ने यो ड्रोन विश्वमा पहिलो भएको कम्पनीको दाबी छ। कम्पनीले युट्युबमा सार्वजनिक गरेको भिडियोमा उक्त ड्रोन सानो हेलिकप्टरजस्तै देखिन्छ। ५ फिट अग्लो र झन्डै २ सय किलोग्राम तौल भएको यो ड्रोनमा चार्ज गरिएको ब्याट्रीले २३ मिनेटको उडान भर्न सक्छ। ६२ माइल प्रतिघण्टाको गतिमा ड्रोनले उडान गर्छ। ब्याट्री फुल चार्ज गर्न २ देखि ४ घण्टासम्म लाग्छ।

drone3

यात्रुले स्क्रिनमा देखिएको नक्सा थिचेर गन्तव्य यकिन गर्न सक्छन् । त्यसपछि ड्रोन उडेर आफैँ त्यो ठाउँमा पुग्छ र अवतरण हुन्छ । हेलिकोप्टरजस्तै भर्टिकल शैलीमा उडान र अवतरण गर्छ । ककपिटको पछाडि एउटा सानो ट्यांकी राखिएको छ, जसमा यात्रुले आफ्नो ब्याकप्याक वा लगेज राख्न सक्छन् । यसमा एअर कन्डिसन र स्क्रिन पढ्न मिल्ने हलुका प्रकाश हुन्छ । उड्ने बेलामा यात्रुले दुईवटामात्र कमान्ड दिए पुग्छ– टेक अफ र ल्यान्ड । यो पनि त्यहाँ रहेको ट्याब्लेटमा एक क्लिक गरे पुग्छ ।

drone2

३०० मिटरदेखि ५०० मिटरसम्म उड्न मिल्ने गरी डिजाइन गरिएको यो ड्रोन जमिनबाट ३.५ किलोमिटर अल्टिच्युडमा पुग्न सक्छ । यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ । ड्रोन उत्पादन गर्ने चिनिया इहाङ कम्पनीले दुई वर्ष लामो अनुसन्धानबाट यो ड्रोन तयार पारेको जनाएको छ । कन्जुमर इलेक्ट्रोनिक सोमा प्रर्दशनमा राखिएको ड्रोन नमूनामात्र नभई बजारमा ल्याउन मिल्ने फाइनल प्रोडक्ट भएको कम्पनीले जनाएको छ । यसअघि नै सयजना मानिसले यसमा बसेर सफलतापूर्वक परीक्षण उडान गरिसकेका छन्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी