आन्दोलनका नाममा नेता कार्यकर्तामाथि आक्रमण गरिए तराईमै गएर बदला लिन्छौ :युवा संघ

आन्दोलनका नाममा नेता कार्यकर्तामाथि आक्रमण गरिए तराईमै गएर बदला लिन्छौ :युवा संघ

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ ,३ माघ ।

भारतमा उपाचार गरेर स्वदेश फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई युवा संघले विमानस्थलमै कालो झण्डा देखाएको छ ।
संघका महासचिव किरण पौडेलको नेतृत्वमा गएका नेता तथा कार्यकर्ताहरूले महतोलाई कालो झण्डा देखाएको युवा संघका कार्यालय विभागका सदस्य समुद्र तिमल्सिनाले बताउनु भयो ।

कालो झण्डा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै महासचिव पौडेलले ‘तराई मधेसमा आफ्ना नेता कार्यकर्ता माथि हमला भएमा हुन्छ तराईमा नै गएर पनि बदला लिन तयार रहेको चेतावनी दिनुभयो ।

उहाले शान्तिपूर्ण राजनीतिक गतिबिधि जसले पनि गर्न पाउने भन्दै हिंसात्मक गतिविधिलाई छुट दिन नहुनमा जोड दिनुभयो ।

पौडेलले भन्नुभयो ‘सचेत युवाको भूमिका निर्वाह गर्दै विना बर्दीको प्रहरी बनेर खटिन तयार छौं, ‘सार्वभौमिकता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको पक्षमा युवा संघ जस्तोसुकै मूल्य चुकाउन तयार छ ।’
त्यस्तै उहाले सामाजिक सद्भावका लागि युवा संघले खबरदारी गरिरहेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ