दुर्घटनामा एकको मृत्यु, एक पुरुषको बेवारिस शव फेला

दुर्घटनामा एकको मृत्यु, एक पुरुषको बेवारिस शव फेला

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

परासी, ३ माघ ।

नवलपरासीको प्रतापपुर–५ पजरकट्टीमा आज स्कूल बस र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।

सेमरीबाट गुठी सूर्यपुरातर्फ जाँदै गरेको लिटिल इग्लिस बोर्डिङ स्कूलको लु१ख १२३९ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको युपी ५६ जे ४०९४ नंको मोटरसाइकल एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी बैदौली–८ बस्ने २० वर्षीय रोशन सिंहको भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । बस र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैबीच, जिल्लाकोे गुठीसूर्यपुरा–५ मा एक व्यक्तिको रहस्यमय तरिकाले मृत्यु भएको छ । गण्डक जलविद्युत् परियोजनाअन्तर्गत सूर्यपुरा नहरको जालीमा आज एक पुरुषको शव फेला परेको हो । शवको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार अन्दाजी ३०÷३२ वर्षको, पहाडी मूलको, गहँुगोरो वर्णको पुरुषको शव नहरमा फेला परेको बताएको छ । शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ