दाङ, ३ माघ ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश नं ५ स्तरीय प्रशिक्षण कार्यक्रम आजदेखि घोराहीका सुरु भएको छ ।
प्रशिक्षणमा महामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरु शशाङ्क कोइराला, शेखर कोइराला, अर्जुननरसिंह केसी, गगन थापा, बद्री पाण्डेलगायतको सहभागिता रहेको छ ।
नेका दाङका सभापति घनश्याम रेग्मीको अध्यक्षता भएको कार्यक्रममा जिल्ला, क्षेत्र, नगर, गाउँ इकाइका पदाधिकारी, महासमिति सदस्य, भातृ संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।
प्रशिक्षणको उद्घाटन उपसभापति रामचन्द्र पौडेलले गर्नुभएको थियो । प्रशिक्षण सोमबारसम्म चल्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline