भत्तपुरमा ग्यास चुहिएर आगलागी ,दुईको मृत्यु

भत्तपुरमा ग्यास चुहिएर आगलागी ,दुईको मृत्यु

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

भक्तपुर, ३ माघ ।
भत्तपुरको मध्यपुरथिमि नगरपालिका– १ लायकुमा खाना पकाउने ग्यास चुहिएर एक जनाको मृत्यु भएको छ ।

गए राति आगलागी हुदा ८८ वर्षीय कान्छा सिपाईको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
घरको तेस्रो तलामा बनाइएको कच्ची टहरामा रहेको भान्छा कोठामा ग्यास चुहिरहेको अवस्थामा सिपाईले ग्यास बालेलगत्तै आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

यसैबीच, महोत्तरीको जलेश्वरमा २३ दिनअघि ग्यास चुहिएर पूरै जिउ जलेकी एक महिलाको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जलेश्वर नगरपालिका– २ बस्ने ३५ वर्षीया दिव्यादेवी पूर्वे रहेको परिवारजनले जनाएका छन् ।

गतपुस १० गते साँझ घरमा खाजा पकाइरहेको क्रममा ग्यास चुहिएर शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेर गम्भीर घाइते भएकी पूर्वेको उपचार भारतको पटनास्थित अस्पतालमा भइरहेकामा आज बिहान ५ बजे मृत्यु भएको निजका पति सञ्जय साहले बताउनुभयो ।

सो आगलागीमा परी ४० वर्षीय सञ्जय साह र जलेश्वर १४ बस्ने १६ वर्षीय कामदार कुन्दन चौधरी पनि घाइते भएका थिए । उनीहरुलार्य भने उपचारपछि निको भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ