सद्भावना अध्यक्ष महत्तो आज स्वदेश फर्किदै

सद्भावना अध्यक्ष महत्तो आज स्वदेश फर्किदै

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ३ माघ ।

भारतको दिल्लीमा दुई सात उपचार गराउनु भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो आज स्वदेश फर्किनु हुने भएको छ ।

आन्दोलनको क्रममा घाइते हुनु भएका महत्तो थप उपचारका लागि गत पौष १७ गते दिल्ली जानु भएको थियो । स्वदेश फर्किए लगत्तै आजै साँझ उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम छ ।

भेटका क्रममा उहाँले भारतमा रहँदा भएका राजनितिक भेटघाट र आफ्नो स्वास्थ्य अवस्थाका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउनु हुने सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।

दिल्लीमा रहनुहुँदा महत्ताले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, कंग्रेस आइका नेता राहुल गान्धी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सष्मा स्वराज लगायतका उच्चअधिकारीसँग भेट गर्नुभएको थियो ।

उहाँ मध्यान्न सााढे १२ बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नु हुने सो पार्टीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ