संविधानमा परिमार्जनको खाँचो छ : अध्यक्ष यादव

संविधानमा परिमार्जनको खाँचो छ : अध्यक्ष यादव

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

इनरुवा, २ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानले मधेसका धेरै मुद्धाहरुलाई समेट्न नसकेको भन्दै परिमार्जनको खाँचो औँल्याउनुभएको छ ।

सुनसरीको इनरुवामा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले आफूहरु मधेसीसहित उत्पीडित जातिहरुको अधिकार सुनिश्चित नभएसम्म आन्दोलनबाट पछि नहट्ने बताउनुभयो ।

अध्यक्ष यादवले जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र, सबै जनताको राज्यको सबै निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक सहभागिता, भाषा, पहिचानको सुनिश्चितता, वैवाहिक अङ्गीकृत नागरिकताको व्यवस्थालगायतका विषय समावेश गरी संविधान परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष यादवले अहिलेसम्म २६ पटकभन्दा बढी वार्ता भएपनि प्रमुख दलहरु आफूहरुका माग सम्बोधन गर्ने पक्षमा गम्भीर नरहेको र राज्यलाई अझै अन्योलमा राख्न खोजेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ