काँग्रेसलाई सरकारमा आउन आग्रह

काँग्रेसलाई सरकारमा आउन आग्रह

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

भक्तपुर, २ माघ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली काँग्रेसलाई सरकारमा आउन आग्रह गर्नुभएको छ ।

नेकपा (एमाले) मध्यपुर नगरपालिका– १६ वडा कमिटीले आज लोकन्थलीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले मुलुकको निर्माणमा एकै ठाउँमा बसेर काम गर्नाका लागि काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गर्नुभएको हो

‘अझै पनि केही बिग्रेको छैन, नेपाली काँग्रेसलाई म आग्रह र आह्वान गर्छु, सरकारमा आउँनुस, म मन्त्री पद छाड्न तयार छु,’ मन्त्री पोखरेलले भन्नुभयो–‘देशको यो सङ्क्रमणकालमा मुलुकको निर्माण गर्न सबै एकै ठाउँमा आउनुपर्छ ।’

वामपन्थी र काँग्रेस सहकार्य तोड्न केही शक्ति लागेकोे र त्यही शक्तिको इसारामा काँग्रेसले सहकार्य तोडेको आरोप लगाउँदै उहाँले भन्नुभयो–‘काँग्रेसले अर्काको इसारामा एमालेको गठबन्धन तोड्न नहुनेमा तोडियो, यो काँग्रेसको गल्ती हो ।
भूकम्पपीडितलाई घर बनाउन सरकारले माघ महिनाभित्र पहिलो किस्ता रकम दिने तयारी गरेको बताउँदै उहाँले सरकारले पुनःनिर्माणको काम बजेट फ्रिज नहुने गरी सम्पन्न गर्दै जाने उहाँको भनाइ थियो ।

नेकपा एमाले मध्यपुर नगरपालिका– १६ वडा कमिटीका अध्यक्ष झपड भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा सहभागीले स्थानीय क्षेत्र र पर्यटनको विकासमा चासो दिन आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ