काठमाडौं, २ माघ ।
विनाशकारी भूकम्प गएको झन्डै ९ महिनापछि भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण काम आजबाट औपचारिकरुपमा सुरु हुँदैछ ।
पुनःनिर्माण प्राधिकरणले तयार पारेको पुनर्निर्माणसम्बन्धी कार्ययोजनाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको बुङ्मतीबाट पुनःनिर्माण अभियानको उद्घाटन गरेपछि पुनर्निर्माणको काम औपचारिकरुपमा सुरु हुने छ ।
अभियानको सुरुवातसँगै तीन हप्ताभित्र भूकम्प प्रभावित १४ जिल्लामाएक सय इन्जिनियर र एक सय समुदाय परिचालक गरी करिब तीन हजार तथ्यांक संकलनमा जुट्ने प्रधिकरणले जनाएको छ ।
नीतिगत काम आज सुरु भएपनि व्यवस्थित पुर्ननिमार्ण कार्य भने विस्तृत कार्य योजना ल्याएपछि मात्रै सुरु हुने प्राधिकरणका कायम मुकायम सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।
नीजि घर, सार्वजनीक र पुरातात्वीक संरचना निर्माण भने बैसाख पछि मात्रै सुरु हुनेछ । भुकम्पका कारण ५ लाख भन्दा बढि घर क्षति भएको गृहमन्त्रालयले जनाएको छ ।
पुर्ननिमार्णमा करिब ७ खर्ब रुपैया लाग्ने अनुमान गरिएको छ । जसमध्ये चालु आर्थिक बर्षका लागि मन्त्रालयगत खर्च हुनेगरि ७४ अर्ब रुपैया बजेट विनियोजन गरिएको छ ।