एमाले मोरङले आजबाट तराई जागरण अभियान सुरु गर्दै

एमाले मोरङले आजबाट तराई जागरण अभियान सुरु गर्दै

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौ २ माघ ।  

नेकपा एमाले मोरङले आजबाट तराई जागरण अभियान सुरु गर्ने भएको छ । तराई मधेशमा नयाँ संविधानका विषयमा देखिएको भ्रमलाई चिर्नाका लागि अभियान सन्चालन गर्न लागिएको जनाइएको छ ।

आज एक कार्यक्रमका बीच पार्टी उपाध्यक्ष भिमरावलले अभियानको उद्घाटन गर्नुहुने एमाले मोरङका अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

जागरण अभियानका लागि ५ सय ५० जना अभियान्तलाई आवश्यक सामग्रीको प्याकेज सहित कार्यक्षेत्रमा खटाउने तयारी भएको छ ।

उनीहरुलाई पार्टीको विधान, निर्देशन पुस्तिका, नयाँ संविधान लगायतका सामाग्री समावेश गरिएको झोला प्रदान गरिने रेग्मीले बताउनुभयो ।

संविधानका अन्तरवस्तुमा बुझाउनुका अलवा अभियान्तले आर्थिक, सामाजिक लगायत आमजनसरोकारका क्षेत्रमा अनुगमन गरी त्यहाँ देखिएका कमी कमजारीका विषयमा पनि जानकारी लिने तथा सुझाव दिने कार्य गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ