बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

बसको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

चितवन, १ माघ ।

चितवनको राप्ती नगरपालिका–२ गडौलीमा डिलक्स बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

गएराति काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ४८४१ नम्बरको डिलक्स बसले पैदल हिँडिरहेका लोथर गाविस– ६ बस्ने ५० वर्षीय कृष्णलाल विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ ।

पैदल हिँडिरहेका उनलाई बसले ठक्कर दिएर गम्भीर घाइते बनाएपछि उपचारका लागि भरतपुर अस्पताल लग्ने क्रममो बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ