माघे संक्रान्ति र माघी पर्व आज मनाईंदै

माघे संक्रान्ति र माघी पर्व आज मनाईंदै

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, १ माघ  ।

आज माघे संक्रान्ति, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिन्छ । जोतिसशास्त्र अनुसार आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जाने बताइन्छ ।

आज देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुईंचो लागेको छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो दिने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो ।

यसैबीच थारु समुदायले आज नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।

पुसको अन्तिम दिन हिजो रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने चलन छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

यसै अवसरमा राजधानीमा बसोवास गर्ने थारु समुदायले यसपाली दुई स्थानमा बेग्लाबेग्लै माघी महोत्सव मनाउदै छन ।

यसअघि एकै स्थान टुँडिखेलमा आयोजना हुँदै आएको महोत्सव खुलामञ्च र दशरथ रंगशालामा हुने भएको छ । थारु विद्यार्थी समाज लगायत अन्य संघ संस्थाको पहलमा महोत्सव खुला मञ्चमा हुन लागेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई निम्त्याइएको छ ।

त्यस्तै रंगशालामा हुन लागेको महोत्सवमा प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री केपी शर्मा ओली तय भएको थारु कल्याणकारीणी सभा उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ