चम्ल्याहा सन्तान जन्मिए

चम्ल्याहा सन्तान जन्मिए

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

गुल्मि, ३० पुस ।

गुल्मीमा एक महिलाले एकै पटकमा चार सन्तान जन्माउनुभएको छ । गुल्मी जैसिथोक गाविस(२ रातोपोखरा बस्ने २६ वर्षकी गिता कुँवरले चम्ल्याहा सन्तानको जन्म दिनुभएको हो ।

उहाँले आज बिहान पाल्पा स्थीत लुम्बिनी मेडिकल कलेज प्रवासमा शल्यक्रिया मार्फत बच्चा जन्माउनुभएको हो । जन्मेका चारजना बच्चामा दुई छोरा र दुई छोरीहरु रहेका छन् । एक छोरा र एक छोरीको तौल एक किलो सात सय ग्राम छ भने अन्य दुई बच्चाको तौल एक किलो दुइ सय ग्राम रहेको बताइएको छ ।

चारैजना बच्चाको स्वास्थ्य स्थीति सामान्य रहेको लुम्बिनी मेडिकल कलेज प्रवासकी डा. विनिता थापाले जानकारी दिनु भएको छ । चारैजना बच्चालाई डा. वविता थापा, डा. श्रीयसी अर्याल, डा. दिपक श्रेष्ठ लगायतको टोलीले सफलता पूर्वक अप्रेसन गरेर निकालेका हुन् ।

तम्घास स्थीत रेसुङ्गा हस्पिटलबाट रिफर भएपछि गत दुई महिनादेखि खड्का प्रसुतिका लागि पाल्पाकै हस्पिटलमा बसिरहनुभएको थियो । खड्काले गएको दुई वर्षअघि पनि जुम्ल्याहा सन्तान जन्माउनुभएको थियो तर ती दुवै सन्तानको जन्मनासाथ ज्यान गएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ