माघ ५ गते सहमति हुने ज्ञवालीको विश्वास

माघ ५ गते सहमति हुने ज्ञवालीको विश्वास

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ३० पुस ।

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले यही माघ ५ गतेसम्म मधेसी मोर्चासँग सरकार र अन्य दलको सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । 

रिपोर्टर्स क्लबले आज  आयोजना गरेको अन्तक्र्रियामा उहाँले मोर्चाले राखेका विभिन्न मागमध्ये धेरै समस्या समाधानको बिन्दुमा पुगेको बताउँदै समस्या समाधानका लागि राजनीतिक संयन्त्रको वैधानिक हैसियत सुनिश्चित गरी आन्दोलनरत दललाई विश्वासमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मधेस आन्दोलनले मुलुकको आन्तरिक राजनीतिमा बाह्य चासो बढाएको, विभिन्न जाति समुदायबीच सामाजिक सद्भाव बिथोलेको तथा राष्ट्रिय अर्थतन्त्रलाई ऋणात्मक बनाएकाले यसलाई जतिसक्दो चाँडो हल गर्नुपर्ने बताउनुभयो ।

एकीकृत नेकपा(माओवादी)का प्रवक्ता दीनानाथ शर्माले संवैधानिक हैसियत सहितको राजनीतिक संयन्त्र गठन गरी सीमाङ्कनको जिम्मा दिनुपर्ने बताउँदै देशभित्रको समस्या भित्रबाटै खोज्नुपर्नेमा जोड दिनुभयो । उहाँले मधेसका मागलाई सम्मानजनक निकास दिनका लागि सरकार र मधेसी मोर्चा दुवै सकारात्मक भएकाले अब कुरा मिल्ने विश्वास व्यक्त
गर्नुभयो ।

नेपाली काँग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले सीमाङ्कन गर्दा विज्ञको सुझावलाई आधार मान्नुपर्ने विचार राख्दै विवादित पाँच जिल्लाको कुरा नेताहरुले भन्दा पनि त्यहाँका जनताले भनेका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा शिवजी यादवले यही माघ ५ गतेसम्म सहमतिमा हस्ताक्षर गर्ने तीन दलको निर्णयलाई आफूहरुले सकारात्मक रुपमा लिएको बताउँदै निर्धारित समयभित्र समस्या समाधान गर्न सबैको सकारात्मक दबाबको आवश्यकता औँल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ