पार्टी,संगठन हाँक्नसक्ने नेतृत्व चयन गर्नुस : महामन्त्री सिंह

पार्टी,संगठन हाँक्नसक्ने नेतृत्व चयन गर्नुस : महामन्त्री सिंह

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, ३० पुस ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाश मान सिंहले १३ औ महाधिवेशन बाट मुलुकको आवश्यत्ता अनुरुप पार्टी संगठन हाक्नसक्ने नेतृत्व चयन गर्न र्कायकर्ताहरुसंग अपिल गर्नुभएको छ ।

पार्टी को १३ औ महाधिवेशनको सफलताको कामना गर्दै
नेपाल विद्यार्थी संघले आज राजधानिमा आयोजना गरेको चियापान कायक्रम बोल्दै महामन्त्री सिंहले कुशल नेतृत्व चयन गर्न आह्वान गर्नुुभएको हो ।

परिवर्तनलाई आत्मसाथ गर्दै जनताको चाहाना बुझन सक्ने र अरु दलहरुसंग समेत सशक्त रुपमा प्रतिस्पर्धामा जुट्न सक्ने व्यक्तिलाई नेता छान्ने समय आएको उहाको भनाई छ ।

एक फरक प्रसंगमा उहाले उपलब्ध स्रोतसाधन परिचालन गरेर जनजीवन सहज बनाउन सरकार पुर्ण रुपमा असफल भएको र जनताले सरकार को अनुभूति गर्न नसक्नु दु : खद भएकोे धारणा राख्नु भयो ।

संकटका बेला देशमा कालेबजारि मौलाउदा समेत सरकार जनताप्रति उत्तरदाई हुन नसकेको भन्दै महामन्त्री सिंहले सिहदरबारमा रमाएर बस्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ