काठमाडौं, ३० पुस ।
आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएको मागबारे साझा धारणा बनाउन मुख्य तीन दलका शीर्ष नेताबिच छलफल आज पनि हुँदैछ ।
स्रोतका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताबिच छलफल हुन लागेको हो ।
शीर्ष नेताबिच छलफल भएपछि आजै कार्यदलको बैठक बस्ने तयारी समेत छ । आन्दोलनरत मधेसी मोर्चाको ११ बुँदे मागबारे मुख्य तीन दलले साझा धारणा बनाउने प्रयास गरिरहेका छन् ।
राजनीतिक संयन्त्रमार्फत एक महिनाभित्र सीमांकन बिबाद सुल्झाउने बारे कार्यदलमा छलफल भएपनि मोर्चाले संयन्त्रको वैधानिकता, क्षेत्राधिकार र कार्य्विधि प्रष्ट पार्न माग गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline