रुपन्देही, ३० पुस ।
झुटो विवरण पेश गरी नेपाली नागरिकता लिएका भारतीय नागरिक साकिर अलि खानलाई प्रहरीले पक्राउ गरेको छ ।
भारत नौतनहवाका खानको भारतको राष्ट्रिय परिचयपत्र, रासन कार्ड, भारतीय ड्राभिङ लाइसेन्स र भारतको भोटर लिस्टमा समेत नाम दर्ता रहेको र नोपाली नागरिकता पनि रहेको देखिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खानले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट सिद्धार्थनगर नगरपालिका–२ को ठेगानामा २०६७ साल साउन ५ गतेको मितिमा नेपाली नागरिकता लिएका थिए । उनको नागरिकता प्रमाण पत्र नम्बर ३७१०२३/८६ छ ।
उनले प्राप्त गरेको नागरिकतामा प्रशासकीय अधिकृत रमेश गौतमको हस्ताक्षर छ । भूकम्प पीडितको रुपमा सुविधा लिनका लागि उनले पेश गरेको निवेदन छानबिन गर्नेक्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline