पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान : मन्त्री पोखरेल

पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान : मन्त्री पोखरेल

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

भक्तपुर, २९ पुस ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन विकासका लागि घरघरमा होम स्टे अभियान सुरु गरेको बताउनुभएको छ ।

आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकाको दोस्रो नगर परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उहाँले पर्यटनको विकासमार्फत गाउँगाउँका नागरिकको आर्थिक समृद्धि गर्न मन्त्रालयले होम स्टे अभियान सुरु गरेको बताउनुभएको हो । घरघरमा होम स्टे पर्यटनको विकास गर्ने अहिले अवसर भएको बताउँदै उहाँले पुनःनिर्माणका क्रममा नयाँ बन्ने घरमा अनिवार्य रुपमा दुईवटा कोठा पर्यटकका लागि बनाउनुपर्ने व्यवस्था गर्न सहरी विकास मन्त्रालयसँग छलफल भइरहेको बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासले मात्रै नागरिकको आर्थिक विकास हुने मन्त्री पोखरेलको भनाइ थियो । “नगरकोट आएर हिमाल हेरेर र ५५ झ््याले दरबार हेरेर मात्रै पर्यटक फर्कने जमाना होइन, अब प्रत्येक घरघरमा होम स्टेको विकास गरेर कम्तीमा पनि दुई दिन पर्यटकलाई होम स्टेमा राख्ने गरी पर्यटन क्षेत्रको विकास गर्नुपर्छ” उहाँले भन्नुभयो । आगामी ६ वर्षभित्र भूकम्पले भत्किएका सबै धार्मिक तथा ऐतिहासिक मठ–मन्दिर एवम् सम्पदाको पुनःनिर्माण सम्पन्न गरेर दुरुस्तै बनाइने मन्त्री पोखरेलले बताउनु्भयो ।

सयवर्ष पूरा भएका पुरातात्विक सम्पदाको पुनःनिर्माण प्राधिकरणमार्फत गरिने बताउँदै उहाँले त्यस्ता सम्पदाको अभिलेख दिन स्थानीय निकायसँग माग गर्नुभयो । कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेत, सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल, पूर्व सांसद लेखनाथ न्यौपाने, प्रम्ुख जिल्ला अधिकारी तोयम राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु पुरीलगायतले नयाँ नगरपालिका भएकाले आइपर्ने चुनौतीको सामना गर्दै सबै मिलेर नगरको विकासमा लाग्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा नगरपालिकाका कर्मचारीमध्ये उत्कृष्ट कर्मचारी सूर्यबहादुर माकजुलाई रु १० हजारसहित सम्मान गरिएको थियो । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत होतराज लम्सालले आव २०७३÷७४ का लागि रु ११ करोड ४७ लाख ३५ हजारको बजेट सार्वजनिक गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ